प्रतिगामी र दक्षिणपन्थी शक्तिहरु संविधान विरुद्ध लागेका छन्ः माधव नेपाल

३ असोज, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधान विरुद्ध अहिले पनि प्रतिगामी र दक्षिणपन्थी शक्तिहरु लागिरहेको बताएका छन् ।

संविधान दिवसको शुभकामना सन्देश दिँदै पूर्वप्रधानमन्त्री नेपालले पाँच दलीय गठबन्धनको सडक आन्दोलनले संविधानको रक्षा गरेको पनि उल्लेख गरेका छन् ।

‘अहिले पनि प्रतिगामी र दक्षिणपन्थी शक्तिहरु संविधानको विरुद्ध लागिरहेको हामी सबैले अनुभूति गरिरहेका छौ’, शुभकामना सन्देशमा उल्लेख छ । तर मुलुकलाई प्रतिगमनबाट पाँच दलीय गठबन्धनले जोगाएको पनि अध्यक्ष नेपालले उल्लेख गरेका छन् ।

‘पाँच दलीय गठबन्धनको नेतृत्वमा भएको सडक आन्दोलनले मुलुकलाई प्रतिगमनबाट जोगाउन र संविधाको रक्षा गर्न सफलता प्राप्त गरेको हो’, शुभकामना सन्देशमा उल्लेख छ ।

अध्यक्ष नेपालले संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न समेत आह्वान गरेका छन् ।



from समाचार – Online Khabar https://ift.tt/3EoQQWa

Post a Comment

0 Comments