घरबाटै मन्त्रालय आउँछन् प्रदेश १ का मुख्यमन्त्री र मन्त्री

२८ भदौ, विराटनगर । प्रदेश १ सरकारले विराटनगर महानगरपालिका-३ मा मुख्यमन्त्री निवासका लागि घर भाडामा लिइएको छ । अरु मन्त्रीका लागि पनि विराटनगरभित्रै क्वाटरको व्यवस्था गरिएको छ । तर प्रदेशका मन्त्री र मुख्यमन्त्री सरकारी क्वाटरमा बस्दैनन् । घरबाटै कार्यालय आउँछन् ।

गत भदौं १० गते नियुक्त भएका मुख्यमन्त्री भीम आचार्य इनरुवामा घर छ । घरबाट कार्यालय आउने उनी काम बढी भएको समयमा राष्ट्र बैंकको विराटनगरस्थित गेष्ट हाउसमा बस्छन् ।

प्रदेश १ का सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङ र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लछुमन तिवारी सुनसरीको इटहरीबाट कार्यालय आउँछन् । उनीहरुको बसोबास इटहरीमा छ ।

‘इटहरीमा बसोबास छ, उतैबाट आउँदैछु’ सामाजिक विकासमन्त्री साम्सुहाङ भन्छन्, ‘काम बढी भएका बेला छिट्टै आउछु ।’

उनले विराटनगर इटहरी जहाँ बसे पनि फरक नपर्ने बताए । विराटनगरमा नै क्वाटरको प्रवन्ध गरिएको छ नी भन्ने प्रश्नमा उनले अलिक पछि आउने बताए ।

नेकपा एमाले विभाजनका बेला मुख्यमन्त्री बनेका आचार्य अल्पमतमा परेपछि सरकारी क्वाटरमा नसरेका हुन् ।

विश्वासको मत पाउने आधार कमजोर भएपछि दुई जना मन्त्रीले पनि क्वाटरमा सर्न इच्छा नदेखाएको एमालेका एक सांसदले बताए । ‘क्वाटर सरेपनि एक महिनामा फेरि बाहिरिनुपर्ने अवस्था आउला,’ ती सांसदले भने,’ विश्वासको मत पाए क्वाटरमा सर्नहुन्छ ।’

मुख्यमन्त्री भीम आचार्यका स्वकीय सचिव अनिल राज धामीले मुख्यमन्त्री राष्ट्र बैंक विराटनगरको गेष्ट हाउसमा बस्ने गरेको बताए । मुख्यमन्त्रीको सरकारी निवासमा सर्न हतार नभएको उनले बताए ।

नेकपा एमाले विभाजनअघि प्रदेश १ मा एमालेको एकल बहुमत थियो । ५१ सांसद मध्ये १० जना सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि मुख्यमन्त्री आचार्य अल्पमतमा छन् ।

९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा एमालेका ४१, काङ्ग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकिकृत समाजवादी पार्टीका १०, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघिय लोकतान्त्रि राष्ट्रिय मञ्चका १-१ जना सांसद छन् ।

प्रदेशमा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । विपक्षी गठबन्धनले आफूहरुसँग बहुमुत भएकाले मुख्यमन्त्री आचार्यलाई मार्ग प्रसस्त गर्न आग्रह गरिरहेको छ ।



from समाचार – Online Khabar https://ift.tt/3nslisA

Post a Comment

0 Comments