गोन्जालोको निधनले क्रान्तिको एउटा मोडेल तत्कालका लागि अन्त्य : प्रचण्ड

२७ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पेरु कम्युनिष्ट पार्टीका नेता गोन्जालोको निधनले क्रान्तिको एउटा मोडेल तत्कालका लागि अन्त्य भएको बताएका छन् ।

उनले सामाजिक सन्जालमार्फत यो धारणा सार्वजनिक गरेका हुन् ।

प्रचण्डले गोन्जालो वैचारिक निष्ठा, त्याग र समर्पणको प्रतीक बनेको भन्दै उनको निधनमा श्रद्धाञ्जली प्रकट पनि गरेका छन् ।

पेरुमा सशस्त्र क्रान्ति थालेका उनी आतंक फैलाएको आरोपमा सन् १९९२ देखि आजीवन काराबासको सजायँ भोग्दै आएका थिए । जेलमै रहेको अवस्थामा ८६ वर्षको उमेरमा शनिबार उनको निधन भएको थियो ।

गोन्जालोले गाउँ घेर्दै शहर कब्जा गर्ने रणनीति अवलम्बन गरेका थिए । सोही रणनीति प्रचण्ड नेतृत्वको माओवादी जनयुद्धमा पनि अपनाइएको थियो ।



from समाचार – Online Khabar https://ift.tt/3k4Cz90

Post a Comment

0 Comments