पार्टीमा फर्स्ट म्यान भएर काम गर्न चाहन्छु : प्रकाशमान सिंह

९ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूले पार्टीमा फर्स्ट म्यान भएर काम गर्न चाहेको बताएका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १७ ले शनिबार आयोजना गरेको कार्यक्रममा नेता सिंहले अवसर पाएर पनि नेताहरुले काम नगरेका कारण पार्टी लथालिंग अवस्थामा पुगेको बताए ।

फेरि पनि पुरानै नेताहरुलाई नेतृत्व सुम्पिए कांग्रेसको हालत प्रजा परिषदको जस्तै हुने भन्दै उनले भने, ‘उहाँहरुले डेमोक्रेसी ल्याउन त्याग, तपस्या, कुर्वानी गर्नुभएको छ । त्यसप्रति सम्मान छ । तर अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरुलाई राख्न मिल्दैन ।’

आफूले लामो समय पार्टीको दोस्रो तहमा रहेर काम गरेको भन्दै उनले अब सभापति भएर काम गर्न चाहेको बताए ।

पार्टीमा आमूल परिवर्तन ल्याउन फस्टम्यान हुनुपर्ने भन्दै पूर्वमहामन्त्री सिंहले भने, ‘अब चाहिँ फर्स्ट म्यान भएर पार्टीलाई संस्थागत गर्छु भनेर लागेको छु ।’ नेता सिंहले १४ औं महाधिवेशन फेरि सार्न खोजेको भन्दै आक्रोस समेत पोखेका छन् ।



from समाचार – Online Khabar https://ift.tt/3ENEh74

Post a Comment

0 Comments