पाकिस्तानसँग रक्षा सहयोग बढ्नेछ: रुस

१४ असोज, काठमाडौं। पछिल्लो केही समययता रुस र पाकिस्तानबीचको निकटता बढेको छ । रुसी समाचार संस्था तासका अनुसार रुस र पाकिस्तानको रक्षा मन्त्रालयले दुवै मुलुक रक्षा सहयोग बढाउन तयार रहेको बताएका छन्।

समाचारमा बताइए अनुसार बुधबार रुसका उप रक्षामन्त्री एलेक्जेन्डर फोमिनले इस्लामावादमा द्विपक्षीय सैन्य सम्पर्क समितिको एक बैठकमा यस्तो जानकारी दिएका हुन् । फोमिनले भने, ‘वार्ताको क्रममा दुवै पक्षले पारस्पारिक हितका सम्बन्धमा भएको प्रगतिको प्रशंसा गरेका छन् र अन्य सैन्य सहयोग बढाउने विषयमा सहमति भएको छ ।’

फोमिनले दुई मुलुकबीचको सम्बन्ध र रक्षा सहयोग क्षेत्रीय सुरक्षाको लागि निकै महत्वपूर्ण छ । उनले पाकिस्तानले महामारीको बाबजुद आफ्नो पूर्वनियोजित कार्यक्रममा कुनै पनि परिवर्तन नगरेको भन्दै प्रशंसा गरे ।

यसअघि सेप्टेम्बर १४ मा पाकिस्तानी प्रधानमन्त्री इमरान खान र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच पछिल्लो समय विकसित घटनाक्रमको विषयमा फोनवार्ता भएको थियो ।

गत अप्रिलमा रुसका विदेशमन्त्री सर्गेइ लाभारोभले पाकिस्तान भ्रमण गरेका थिए । यो भ्रमण पछिल्लो नौ वर्षमा रुसी विदेशमन्त्रीको पहिलो पाकिस्तान भ्रमण थियो ।

यो भ्रमणमा रुसले पाकिस्तानको सैन्य आपूर्तिको लागि सहयोग गर्ने बताएको थियो । त्यस्तै दुई मुलुकबीच संयुक्त सैन्य अभ्यासको विषयमा पनि सहमति भएको थियो ।

एजेन्सीहरुको सहयोगमा



from समाचार – Online Khabar https://ift.tt/39RG3G8

Post a Comment

0 Comments