अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशको अध्यक्षमा खरेल

१० असोज, दाङ । अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशको प्रथम सम्मेलनले घनश्याम खरेलको अध्यक्षतामा ८७ सदस्यीय लुम्बिनी प्रदेश कमिटी निर्वाचित गरेको छ ।

दाङको घोराहीमा आयोजित सम्मेलनले खरेलको नेतृत्वमा प्रदेश कमिटी घोषणा गरेको हो । भीमराज खरेल, रुपेन्द्र मल्ल, अम्विका परियार र सम्झना खनाल उपाध्यक्ष चयन भएका छन् ।

प्रमुख सचिवमा राजेन्द्र विष्ट तथा सचिवहरुमा सागर पन्त, मदन जिएम, सुदर्शन पुन, दिलिप शर्मा चयन भएका छन् । प्रमोद थापा कोषाध्यक्ष बनेका छन् ।



from समाचार – Online Khabar https://ift.tt/39BieCn

Post a Comment

0 Comments