नेपालले किन १२ खेलाडीलाई मैदान उतार्‍यो ?

२५ भदौ, काठमाडौं । नेपालको महिला राष्ट्रिय फुटबल टिमले बिहीबार दशरथ रंगशालाामा डेब्यू म्याच खेल्दै मैत्रीपूर्ण खेलमा बंगलादेशलाई २-१ ले हरायो ।

दुई डेब्यूटान्ट खेलाडी सबिता राना मगर र प्रिती राईले डेब्यू गोल गर्दै तीजको दिन नेपालीहरुलाई खुशी दिलाए । तर त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल सुरु हुनुअघि भएको एउटा घटना भने चर्चाको विषय बन्यो ।

नेपालले राष्ट्रिय गानको समयमा मैदानमा ११ खेलाडीको सट्टा १२ खेलाडीलाई उतारेको थियो । सुरुमा बंगलादेशको राष्ट्रिय गान बज्यो । त्यसपछि नेपालको राष्ट्रिय गानको धुन बज्यो । त्यो सकिएपछि नेपाली टिमकी एक सदस्य पुनम जर्घा मगर टिमलाई छाड्द मैदान बाहिरिइन् ।

खासमा टिम लिस्टमा उनी प्लेइङ सेटमा थिइनन् । उनलाई ‘एन’ अर्थान नन प्लेइङमा राखिएको थियो । नेपालका लागि यसअघि नियमित खेल्दै आएकी पुनमले बिहीबार बंगलादेशविरुद्ध खेल्न पाइनन् ।

खासमा यो भुलवश वा गल्तीले गर्दा भएको होइन । पुनमको स्वास्थ्य अवस्थाका कारण उनले फेरि खेल्ने वा नखेल्ने नै अनिश्चित रहेको अवस्थामा सम्मानका लागि राष्ट्रिय गानको समयमा मैदान प्रवेश गराइएको थियो ।

खेलपछि पोष्ट म्याच कन्फ्रेन्समा नेपालका प्रशिक्षक ग्यारी फिलिप्सले पनि पुनमलाई सम्मानका लागि मैदान पठाइएको बताए । कोचिङ स्टाफले पुनमको स्वास्थ्य अवस्था खेल्न लायक नरहेकोले उनलाई सम्मानका लागि मैदान पठाएको थियो ।

‘उनले फेरि खेल्ने सम्भावना कम छ । हामी उनको अन्तिम मेडिकल रिपोर्ट पर्खिरहेका छौँ । यो नै उनको अन्तिम म्याच हुन सक्ने भएकोले पनि हामीले सम्मानका लागि उनलाई टिमसंगै मैदान पठाउएका हौँ ।’ रंगशालाामा आफ्नो पनि डेब्यू जितपछि ग्यारीले भने ।



from समाचार – Online Khabar https://ift.tt/3tsCEGN

Post a Comment

0 Comments