अफ्रिदीको बलिङमा पवन सर्राफले हाने छक्का र चौका

९ भदौ, काठमाडौं । काठमाडौंमा शनिबार शुरु भएको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीको बलिङमा नेपालका खेलाडी पवन सर्राफले छक्का र चौका प्रहार गरेका छन् ।

अफ्रिदीले बलिङ गरेको छैटौं ओभरमा पवनले एक छक्का र एक चौकासहित १२ रन जोडे । उक्त ओभरमा ललितपुरले १४ रन जोडेको थियो । ईपीएलको उद्घाटन खेलमा काठमाडौं किंग्स-११ र ललितपुर प्याट्रओट्सबीच खेल भइरहेको छ । अफ्रिदीले काठमाडौंबाट खेलेका छन् ।



from समाचार – Online Khabar https://ift.tt/3zE8zWc

Post a Comment

0 Comments