प्रचण्डको ब्रिफिङ : अध्यादेश फिर्ता हुन्छ, पर्सिसम्म मन्त्रिपरिषद् विस्तार

११ असोज, काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीको सोमबार बसेको बैठकमा अध्यादेश फिर्ताका लागि सहमति जुटेको बि्रफिङ गरेका हुन् ।

एक स्थायी कमिटी सदस्यका अनुसार अब शीर्ष नेताहरू बसेर मन्त्रालय बाँडफाँट गर्ने र पर्सिसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको प्रचण्डले नेताहरूलाई जानकारी दिएका छन् । संगठनात्मक प्रतिवेदन र मन्त्रीहरूबारे छलफल गर्न भोलि ३ बजे स्थायी कमिटीको बैठक बोलाइएको छ ।



from समाचार – Online Khabar https://ift.tt/3COlqa5

Post a Comment

0 Comments