प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक एकै समयमा, दुवै सदनमा अध्यादेशहरू पेश हुँदै

२५ भदौ काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजेका लागि तय गरिएको छ ।

संघीय संसदको दुवै सदनका बैठकमा विभिन्न अध्यादेशहरु पेश गर्ने सम्भावित कार्यसूची छ ।

प्रतिनिधिसभाको बैठकमा शपथसम्बन्धी अध्यादेश २०७८, रेल्वे अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ स्वीकृतिका लागि प्रस्तुत गर्ने कार्यक्रम छ ।

त्यसैगरी राष्ट्रिसभाको बैठकमा विधायन व्यवस्थापन समितिका सभापतिले लोकसेवा आयोग विधेयक २०७५ सम्बन्धी समितिको प्रतिवेदन र अध्यागमन विधेयक २०७६ सम्बन्धी दुई बेग्लाबेग्लै प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

यसैगरी गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

राजनीतिक दल सम्बन्धी अध्यादेश प्रतिनिधिसभामा पेश हुँदा नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेर विरोध जनाएका थिए ।



from समाचार – Online Khabar https://ift.tt/3AchFu4

Post a Comment

0 Comments