मनाङका स्थानीय तह प्रशासकीय अधिकृतविहीन

२२ भदौ, मनाङ । मनाङका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारी अभाव भएको छ ।

प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारी सरुवा तथा बढुवा भई अन्यत्र गएकाले सेवाग्राही मर्कामा परेका हुन् ।

जिल्लाका नासों, चामे, ङिस्याङ र नार्पाभूमि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन भएका छन् ।

सरुवा भएर आउने प्रमुख प्रशासकीय अधिकृत समेत जिल्लामा आइपुगेका छैनन् । बाढीपहिराका कारण सडक सञ्जाल विच्छेद भएकाले उनीहरुलाई जिल्ला आउन समस्या भएको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले सडक समस्याले पनि कर्मचारी आउन ढिलाइ भएको हुनसक्ने बताए । प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजनाका काम अगाडि बढाउनसमेत समस्या भएको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले जानकारी दिए ।

जिल्लाका विभिन्न कार्यालय प्रमुख समेत सरुवा भएका छन् । दुई महिनादेखि सहायक प्रमुख जिल्ला अधिकारीविहीन भएको छ ।



from समाचार – Online Khabar https://ift.tt/3tl1bgF

Post a Comment

0 Comments