देउवालाई भेटेर पौडेलले भने– पार्टीको निर्वाचनमा प्रहरी प्रशासनको दुरुपयोग नहोस्

२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवालाई भेटेर पार्टी निर्वाचनलाई धाँधलीरहित र निश्पक्ष बनाउन ध्यानाकर्षण गराएका छन् । पौडेल पक्षका नेताहरुले पार्टीको निर्वाचनमा प्रहरी र प्रशासनको दुरुपयोग नहोस् भनेर प्रधानमन्त्रीसमेत रहेका देउवाको ध्यानाकर्षण गराएका हुन् ।

पौडेल नेतृत्वमा महामन्त्री डा. शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह के.सी, डा मिनेन्द्र रिजाल र जीवन परियार सहितको टोलीले शुक्रबार बिहान देउवालाई भेटेको थियो ।

भेटमा पार्टीको महाधिवेशनमा पुलिस र प्रशासनको दुरुपयोग हुन नपाओस् भनेर ध्यानाकर्षण गराएको पौडेलले सामाजिक सन्जालमार्फत् जानकारी दिएका छन् ।

देउवालाई भेटेपछि पौडेलले समाजिक सन्जालमा लेखेका छन्, ‘पार्टीका कृयाशील सदस्यहरुको छानविन निश्पक्ष र पारदर्शी ढंगले सम्पन्न होस् र पार्टीको महाधिवेशनमा राज्यको पुलिस र प्रशासनको दुरुप्रयोग हुन नपाओस् भनेर ध्यानाकर्षण गरायौं ।’



from समाचार – Online Khabar https://ift.tt/2X8ii9n

Post a Comment

0 Comments