गोकर्णेश्वरमा बुवाको सम्झना (फोटो फिचर)

२२ भदौ, काठमाडौं । आज कुशे औँसी । आजको दिनलाई बुवाको मुख हेर्ने दिनका रुपमा पनि मनाउने गरिन्छ ।

आज काठमाडौंको उत्तर-पूर्वमा रहेको गोकर्णेश्वर मन्दिरमा बुवालाई सम्झिनेहरूको भीड लागेको छ । बुबाको मुख हेर्ने दिन गोकर्णेश्वरमा हरेक वर्ष यस्तै भीड लाग्ने गर्छ ।

बुबाको निधन भएकाहरू यस दिन गोकर्णेश्वर पुगेर पितृलाई तर्पण दिने प्रचलन छ । आज गोकर्णेश्वर पुगेर दिएको तर्पण पितृले प्राप्त गर्छन् र तृप्त हुन्छन् भन्ने धार्मिक मान्यता छ ।

भाद्र औंसीका दिन मनाइने कुशे औंसीको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ । आजको दिन आफ्नो जन्म दिने बुवालाई विशेष सम्मान गर्ने र बुवा नहुनेले नजिकको तीर्थमा गएर श्राद्ध, तर्पण, दान गर्ने परम्परा चलिआएको छ ।



from समाचार – Online Khabar https://ift.tt/3jOMnUB

Post a Comment

0 Comments