जिसस सदस्यको निधनमा शुक्लाफाँटा नगरपालिकामा सार्वजनिक बिदा

३१ भदौ, कञ्चनपुर । जिल्ला समन्वय समिति सदस्यको निधनमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

नगरपालिकाको वडा नं ५ बाट वडासदस्य पदमा निर्वाचित भई जिल्ला समन्वय सदस्य बनेका बलराम पन्तको निधनमा दुःख व्यक्त गर्दै कार्यपालिकाको बैठकले आज एक दिन नगरपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नगरपालिका मातहतका कार्यालय र शैक्षिक संस्थामा शोक दिवस मानाउने प्रयोजनका लागि बिदा दिने निर्णय गरिएको नगर प्रमुख दिलबहादुर ऐरले बताए ।

पन्तको ६२ वर्षको उमेरमा शुक्लाफाँटा–५ गर्जमुनिस्थित आफ्नै निवासमा मङ्गलबार राति निधन भएको थियो  । उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए ।

पन्त विसं २०५४ सालको स्थानीय निकायको निर्वाचनमा तत्कालीन पिपलाडी गाउँपालिकाको वडा नं ९ का वडाध्यक्षमा समेत निर्वाचित भएका थिए ।



from समाचार – Online Khabar https://ift.tt/3EmnmII

Post a Comment

0 Comments