बुद्ध एयरको जहाज विराटनगरमा अवतरण हुन सकेन, काठमाडौं फर्कियो

११ असोज, काठमाडौं । बुद्ध एयरको जहाजमा समस्या भएपछि विराटनगर विमानस्थलमा अवतरण गर्न नसकी काठमाडौं फर्किएको छ ।

ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज काठमाडौंतर्फ फर्किएको हो । अहिले जहाज काठमाडौंकै आँकाशमा होल्ड भएको छ ।

काठमाडौं सुविधा सम्पन्न विमानस्थल भएका कारण आकस्मिक अवतरण काठमाडौंमै गर्ने गरी जहाज फर्किएको हो ।

जहाज आकस्मिक रुपमा अवतरण गराउनु पर्ने भएकोले अहिले विमानस्थलमा तयारी थालिएको छ । बारुणयन्त्र र  एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ ।

जहाज काठमाडौंबाट बिहान विराटनगर उडेको थियो ।



from समाचार – Online Khabar https://ift.tt/3kIS5rp

Post a Comment

0 Comments