राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

३१ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच बुधबार राति शितल निवासमा भेटवार्ता भएको हो ।

राति आठ बजेदेखि १० बजेसम्म भेटवार्ता भएको सुरक्षा स्रोतले बतायो ।

भेटमा भएको छलफलको विषय खुलेको छैन । तर, ओलीले राजनीतिको पछिल्लो अवस्थाबारे राष्ट्रपति भण्डारीसँग परामर्श गर्ने गरेका छन् ।

पछिल्लोपटक प्रधानमन्त्री पदबाट हटेपछि गत साउन ८  गते पनि ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका थिए ।



from समाचार – Online Khabar https://ift.tt/3tLLNu1

Post a Comment

0 Comments