यहाँ मन्दिर नै मन्दिर छन्, काठमाडौंबासी धार्मिक यात्रामा बाहिर जान्छन् : मेयर शाक्य

२ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंका ऐतिहासिक सम्पदालाई धार्मिक पर्यटनसँग जोड्दै धार्मिक पर्यटकीय सहरको पहिचान दिने अभियानमा लागेको बताएका छन् ।
गृह वडा वडा नम्बर–२१ को इनाखामा अवस्थित गणेश मन्दिरको उद्घाटन गर्दै उनले ३२ वटै वडामा सम्पदा निर्माण–पुर्ननिर्माणलाई प्राथमिकता दिएको बताए । उनले काठमाडौं महानगरले सांस्कृतिक सहरको पहिचान बनाएको भन्दै यो पहिचानलाई जीवन्न राख्नका लागि परेको पनि बताए ।

‘काठमाडौं मन्दिर नै मन्दिर भएको महानगरपालिका हो । यहाँ घरबाट बाहिर निस्किने बित्तिकै मन्दिर नै मन्दिर भेटिन्छ,’ शाक्यले भने, ‘तर, आफ्नो घर नजिकै रहेका मन्दिर छाडेर काठमाडौँ बाहिरका मन्दिरको दर्शन गर्न बर्षेनी लाखौं काठमाडौंबासी धार्मिक यात्राका लागि बाहिर जाने गरेका छन् ।’ उनले त्यसको अन्त्य गर्दै काठमाडौँ आउने सम्पूर्ण नेपाली र विदेशीलाई समेत यहाँको धार्मिक ऐतिहासिक महत्वका बारेमा अध्ययन अनुसन्धान गर्ने धार्मिक–पर्यटकीय ठाउँ बनाउने बताए ।

उनले मूर्त–अमूर्त सम्पदा संरक्षण–सम्वद्र्धन गरी काठमाडौं घुम्न आउने पर्यटकको बसाई लम्ब्याउने योजनासहित अघि बढेको पनि स्मरण गराए । ‘यहाँ घुम्न आउने स्वदेशी–विदेशी पर्यटनको बसाई लम्बिन सकोस् र यहाँको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्न सकोस भन्ने हेतूले हामी सम्पदा निर्माण–पुर्ननिर्माणको अभियानमा अघि बढेका छौँ,’ उनले भने, ‘यहाँका स्थानीयसँगै व्यवसायीहरुको जीवनयापन थप सहज बनाउन यहाँका सम्पदालाई पर्यटनसँग जोड्न चाहेका छौँ ।’

उनले गुठी संस्थानसँग रहेका मठमन्दिर र जग्गा महानगरपालिकालाई दिने हो भने ती स्थानमा खुलापार्क निर्माण गर्ने र सम्पदा निर्माणको कामलाई अघि बढाउँदै ऐतिहासिक सहरको पहिचानलाई थप बलियो बताउने बताए ।

वडा–२१ मै केही दिन अघि मात्रै प्रमुख शाक्यले महादेव मन्दिरको उद्घाटन गरेका थिए । त्यसैगरी केही दिन अघि पनि प्रमुख शाक्यले सवल बहालमा रहेको २ सय १४ वर्ष पुरानो नासः मन्दिरको उद्घाटन गरेका थिए ।



from समाचार – Online Khabar https://ift.tt/3nIi7x1

Post a Comment

0 Comments