भेरी अस्पतालमा कञ्चनपुरकी कोरोना संक्रमित महिलाको मृत्यु

१ असोज, काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका–५ की ५८ वर्षीया महिलाको मृत्यु भएको हो । भदौ २९ गते अस्पतालमा भर्ना भएकी महिलामा भदौ ३० गते संक्रमण पुष्टि भएको थियो । भेरी अस्पतालमा उपचारको क्रममा उनको शुक्रबार बिहान ११ः३० बजे मृत्यु भएको उनले बताए ।



from समाचार – Online Khabar https://ift.tt/3zdP4Dr

Post a Comment

0 Comments