२० भदौ, काठमाडौं । प्राध्यापक डाक्टर गोविन्द केसीले संयुक्त राष्ट्र संघको मुख्यालय भवन नजिकैको क्षेत्रमा यही सेप्टेम्बर २० र २१ तारिखमा प्रर्दशन गर्न अपिल गरेका गरेका छन् ।
विश्वमा फेलिएको द्वन्द्व, पर्यावरणीय विनास, सबैका लागि स्वास्थ्य, शिक्षा तथा कोभिडको खोपका विषयमा राष्ट्र संघको ध्यानाकर्षण गराउन शान्तिपूर्ण प्रदशर्न गर्न अमेरिकामा रहेका नेपालीहरूलाई केसीले आग्रह गरेका हुन् ।
यही सेप्टेम्बर २१ तारिखमा विश्व शान्ति दिवस मनाउने गरिन्छ । सोही दिन संयुक्त राष्ट्र संघको महासभा पनि बस्न लागेकोले संसारले झेलेका समस्याबारे ध्यानाकर्षण गराउनका लागि प्रदर्शन गर्न केसीले आग्रह गरेका हुन् ।
प्रदर्शनमा जलवायु कार्य र जलवायु न्याय, सबैका लागि कोभिड खोपसहित सबैका लागि स्वास्थ्य र शिक्षा, यमन, सोमालिया, दक्षिण सुडान, इथियोपिया, सिरिया, र मध्य अफ्रिकी गणतन्त्रलगायत युद्धग्रस्त देशहरुमा स्थायी शान्ति स्थापना गर्न सबै देशले भूमिका खेल्नु पर्ने, म्यानमार, अफगानिस्तान, यमन इथियोपिया सोमालिया दक्षिण सुडानलगायत अन्य देशका शरणार्थीहरुलाई न्यायिक र मानवीय सहायता गर्नु पर्ने विषय उठान गरिने छ ।
from समाचार – Online Khabar https://ift.tt/3kVxIWT
0 Comments
if you have any doubts, please let us know.