६ असोज, काठमाडौं । पराष्ट्रमन्त्रीको शपथ ग्रहण गरेर कार्यभार सम्हालेलगत्तै कांग्रेस सांसद डा. नारायण खड्का न्यूयोर्क जाने भएका छन् ।
संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन मन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डल न्यूयोर्क प्रस्थान गर्ने स्रोतको भनाइ छ । उनले महासभालाई नेपालको तर्फबाट सम्बोधन पनि गर्ने छन् ।
परराष्ट्र मन्त्री नहुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि विगि्रने चिन्ता थियो । साथै संयुक्त राष्ट्रसंघको महासभामा को सहभागी हुने भन्ने पनि अन्यौल थियो । त्यसैले सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री तत्काल नियुक्त गर्ने सहमति भएको थियो ।
सोही सहमति अनुसार डा. खड्का बिहीबार परराष्ट्रमन्त्री नियुक्त हुँदैछन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री नियुक्त गरेर आजै पद तथा गोपनीयताको शपथ खुवाउने छिन् । त्यसपछि उनी सिंहदरबार गएर कार्यभार सम्हाल्ने छन्।
from समाचार – Online Khabar https://ift.tt/3AygRzU
0 Comments
if you have any doubts, please let us know.