करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

२० भदौ, मोरङ। प्रहरीले करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनवर्षी नगरपालिका-५ टकुवा बस्ने ३२ वर्षीय दिपक दास रहेका छन् ।

जिल्ला अदालत मोरङले २०७१ माघ २१ गते सहनीलाई जबरजस्ती करणी मुद्दामा ८ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको थियो।

फरार रहेका दासलाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई जिल्ला अदालत मोरङमा पेश गरिएको छ । अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।



from समाचार – Online Khabar https://ift.tt/3DOtbyk

Post a Comment

0 Comments