कांग्रेसको पोखरा महानगर सभापतिमा विजुक्छे विजयी

१० असोज, पोखरा । नेपाली कांग्रेस पोखरा महानगर सभापतिमा सुरेन्द्रमान विजुक्छे विजयी भएका छन् । ४१४ मत ल्याउँदै उनी महानगर सभापतिमा विजयी भएका हुन् ।

विजुक्छेका निकटतम प्रतिस्पर्धी गंगाधर पराजुलीले ३४६ मत ल्याएका थिए । देशकै ठूलो महानगर पोखराको सभापतिका लागि विजुक्छे र पराजुलीसहित रामराज लामिछाने, मिलन तिवारी, ज्योति हमाल र मोहनप्रसाद बास्तोला पनि सभापतिका प्रत्यासी थिए ।

कांग्रेस पोखरा महानगर उपसभापतिमा प्रयागराज भण्डारी भवसागर बराल विजयी भएका छन् । सचिवमा टुवराज बास्तोला र गणेशबहादुर थापाले बाजी मारे ।

महानगरमा क्षेत्रीय प्रतिनिधि र वडा अध्यक्ष गरी १ हजार ३७० मतदाता थिए । त्यसमध्ये १ हजार ३४४ मत खसेको निर्वाचन अधिकृत आरसी विमलले जानकारी दिए ।



from समाचार – Online Khabar https://ift.tt/3ueqXUz

Post a Comment

0 Comments