१ असोज, सुर्खेत । कर्णाली प्रदेश दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताह २०७८ शुरु भएको छ ।
प्रदेश योजना आयोग र सयुक्त राष्ट्रसंघ नेपालको आयोजनामा राजधानी वीरेन्द्रनगरमा आजबाट सप्ताह शुरु भएको हाे ।
दिगो विकास लक्ष्य कार्यान्वयन गरी यहाँको विकास र समृद्धिमा सहयोग पुर्याउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको प्रदेश योजना आयोगका सदस्य डा. दिपेन्द्र राेकायले जानकारी दिए ।
उनका अनुसार सप्ताहको पहिलो दिन शुक्रबार सर्बव्यापी दिगो विकास लक्ष्यको दर्शन र औचित्य बारे युएनडिपीका कर्णाली प्रमुख रफिक सिद्धिकी र कर्णाली प्रदेशको दिगो विकास लक्ष्यको आधार तथ्यांक तथा भावी रणनीतिको बारे सदस्य रोकायाले प्रस्तुतीकरण गरेका छन् ।
सप्ताहमा प्रदेशको सर्वव्यापी दिगो विकास लक्ष्यको दर्शन र औचित्य माथी बहस संचालन गरिने छ । कर्णाली प्रदेशको समग्र विकासको लागि विभिन्न सरोकारवालाहरुसँगको गहन छलफल, बहस, दिगो विकास लक्ष्यको कार्यान्वयनमा प्रभावकारी भूमिका लगायतका विषयमा समेत छलफल हुने आयोगले जनाएको छ ।
त्यस्तै दिगो विकास लक्ष्यको कार्यान्वयन स्थितिमा उच्चस्तरीय नीतिको चर्चा, कोभिड-१९ ले घरेलु खाद्य सुरक्षा र जीविकाेपार्जनमा परेको असर, दिगो विकास लक्ष्य र उपलब्धि, नीति, मुद्दाहरु, प्राथमिकताहरु, बजेट विनियोजन र कर्णाली प्रदेशमा स्वास्थ्य र पोषणमा आगामी कार्यदिशाबारे पनि छलफल गरिने बताएको छ ।
from समाचार – Online Khabar https://ift.tt/3zkOKD3
0 Comments
if you have any doubts, please let us know.