सभामुखले एमालेको कुरै नसुनेकाले समस्या भयो : योगेश भट्टराई

२६ भदौ, काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले आफूहरुसँग संवाद नै गर्न नचाहेको बताएका छन् । शनिबार पार्टीको स्थायी कमिटी बैठकबारे पत्रकारसँग कुराकानी गर्ने क्रममा उनले सभामुखले एमालेले उठाएको विषयमा छलफल गरेर निकास दिनुपर्ने बताए ।

पार्टी विभाजनअघि नै एमालेले आफ्ना १४ जना सांसदलाई निष्कासनको कारबाही गरेको थियो । तर सभामुख सापकोटाले उक्त कारबाहीलाई मान्यता नदिएपछि नेकपा एमालेले लगातार संसद अवरुद्ध गर्दै आएको छ । नेता भट्टराईले सभामुखले एमालेको कुरा सुन्नै नचाहेकाले समस्या भएको बताए ।

‘सभामुख संवादमा आउनै चाहनुभएन, उहाँले हाम्रो संसदीय दलको नेतासँग कुरा गर्नुपर्‍यो’ उनले भने, ‘…एमालेको टिप्पणी सुन्नुपर्छ र उचित हल दिने जिम्मा सभामुखको हो ।’

संसदमा सभामुख सत्तापक्ष र प्रतिपक्षको बीचको भूमिका रहनुपर्ने भन्दै भट्टराईले सभामुखले एमालेप्रति गरेको व्यवहार निष्पक्ष नभएको बताए ।



from समाचार – Online Khabar https://ift.tt/3BWE3rS

Post a Comment

0 Comments