पार्टी फुट्दा ५-१० प्रतिशत नोक्सानी भयो : सुरेन्द्र पाण्डे

२२ भदौ, पोखरा । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी फुट्दा ५-१० प्रतिशत नोक्सानी भएको बताएका छन् ।

मंगलबार पोखरामा आयोजित कास्की जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै नेता पाण्डेले प्रदेश २ मा अलि बढी क्षति भएको रिपोर्ट आएको बताए । उनले भने, ‘५-१० प्रतिशत नोक्सानी होला । त्यसलाई पूर्ति गर्न हामीले काम गर्नुपर्नेछ ।’

अबको ६ महिनामा स्थानीय तह र १४ महिनामा प्रदेश र स्थानीय तहको चुनाव हुने भन्दै उनले त्यसबेला पार्टीलाई मजबुत बनाउने गरी काम गर्नुपर्ने बताए ।



from समाचार – Online Khabar https://ift.tt/2WXbNGo

Post a Comment

0 Comments