सिंगापुरका जनक प्रकाशले काठमाडौंबाट ईपीएल खेल्ने

२८ भदौ, काठमाडौं । सिंगापुर राष्ट्रिय टिमका अलराउण्डर जनक प्रकाशले काठमाडौं किंग्स एघारबाट भएरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् ।

काठमाडौंले आइतबार सामाजिक सञ्जालमार्फत जनकले आगामी असोजमा हुने चौथो संस्करणको इपीएल खेल्ने जनाएको हो ।

२१ वर्षीय जनक प्रकाश दायाँ हाते ब्याट्सम्यान र दायाँ हाते बलर हुन् ।

उनले अहिलेसम्म सिंगापुरका लागि १५ टी२०आई खेलेका छन् । जसमा उनले ११८ रन बनाएका छन् भने १७ विकेट समेत लिएका छन् ।

नेपालका ग्लोबल स्टार सन्दीप लामिछानेको कप्तानीमा काठमाडौंले चौथो संस्करणको ईपीएल खेल्दैछ । काठमाडदंले यसअघि नै पाकिस्तानका शाहिद अफ्रिदीलाई अनुबन्ध गरिसकेको छ ।



from समाचार – Online Khabar https://ift.tt/3ldjBMO

Post a Comment

0 Comments