एमसीसीबारे धारणा बनाउन एमालेले हतार नगर्ने

२३ भदौ, काठमाडौं । नेकपा एमालेले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे तत्काल कुनै धारणा नबनाउने भएको छ ।

संसदीय दलको बुधबार बसेको बैठकमा सांसदहरुले एमसीसीबारे पार्टीको धारणा मागेका थिए । जनताले ‘नो एमसीसी’ भनेको भन्दै धेरै सांसदले त्यसविपरीत जान नहुने बताएका थिए ।

जवाफमा अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले यसबारे धारणा बनाउन हतार गर्न जरुरी नभएको बताए । एमसीसीबारे बुद्धिजिवी  र दलहरुको मत पनि सुन्ने र डकुमेन्टहरु पनि अध्ययन गर्ने भन्दै उनले भने, ‘पास गर्ने जिम्मा पनि हाम्रो होइन, सम्झौता हामीले गरेको पनि होइन । प्रस्ताव आयो भने गम्भीरतापूर्वक छलफल गर्छौं र धारणा बनाउँछौं ।’

उनले अघि भने, ‘एउटा कुरा स्पष्ट छ, देश र जनताको हित र कहिलेकाहिं आम जनताको एउटा धारणा हुन्छ, त्यसविरुद्ध हामी जाँदैनौं ।’

यो पनि पढ्नुहोस संसदमा टेबल भएपछि एमसीसीबारे निर्णय गर्छौं : विष्णु पौडेल

from समाचार – Online Khabar https://ift.tt/3zU2kOV

Post a Comment

0 Comments