भन्सार छलीको सामानसहितको ट्रक नियन्त्रणमा

२७ भदौ, वीरगञ्ज । सशस्त्र प्रहरीले राजस्व छलीको समान बोकेको एउटा ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज–१७ अलौंस्थित आईसीपी रोडबाट ना २ ख ९३५७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।

बिल विजकमाभन्दा फरक भन्सार छलीको सामान ट्रकमा रहेको सूचना सशस्त्र प्रहरीले पाएको थियो । सोही सूचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक राजेश्वर प्रसाद साह नेतृत्वको टोलीले ट्रक नियन्त्रणमा लिएको हो ।

ट्रकमा अन्दाजी २५ लाख ९५ हजार ३ सय ७६ रुपैयाँ बराबरको विभिन्न किसिमको औषधि तथा किराना पसलका सामान रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल १३ नं गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काका अनुसार सामानसहितको ट्रक आवश्यक अनुसन्धान तथा करबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको छ ।

 



from समाचार – Online Khabar https://ift.tt/3k1Y1vb

Post a Comment

0 Comments