विराटनगरबाट फर्किएको बुद्ध एयरको जहाज सुरक्षित अवतरण  

११ असोज, काठमाडौं । विराटनगर विमानस्थलमा अवतरण गर्न नसकी फर्किएको बुद्ध एयरको जहाजमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) मा सुरक्षित अवतरण गरेको छ ।

ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज आकस्मिक अवतरणका लागि काठमाडौंतर्फ फर्किएको थियो ।

केही समय काठमाडौंको आँकाशमा होल्ड भएको जहाजले सुरक्षित अवतरण गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए ।

जहाज काठमाडौंको आँकाशमै आधा घण्टा बढी होल्ड भएको थियो ।



from समाचार – Online Khabar https://ift.tt/3ueWghL

Post a Comment

0 Comments