कालीकोटमा कांग्रेस अधिवेशन : सर्वसम्मत नेतृत्व चयन, पौडेल पक्ष हाबी

१२ असोज, सुर्खेत । नेपाली कांग्रेसले कालीकोटका स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन रेको छ । जिल्लाका ९ वटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको कांग्रेस जिल्ला सभापति हर्ष बलमे जानकारी दिए ।

९ वटा स्थानीय तहमध्ये ७ वटा पालिकामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले नेतृत्व हात पारेको छ । दुईवटा पालिकाको नेतृत्वमा देउवा पक्षका नेता आएका छन् ।

पौडेल पक्षले नेतृत्व गरेको पालिकाहरू तिलागुफा नगरपालिका, खाँडाचक्र नगरपालिका, पालाता गाउँपालिका, पचालझरना गाउँपालिका, सानी त्रिवेणी गाउँपालिका, महाबै गाउँपालिका र शुभकालिका गाउँपालिकामा रहेका छन् । रास्कोट नगरपालिका र नरहरिनाथ गाउँपालिकाको नेतृत्व देउवा पक्षले हात पारेको छ ।

सभापति बमका अनुसार उनकाअनुसार तिलागुफामा धिरेन्द्र थापा, खाँडाचक्रमा भानुभक्त शर्मा आचार्य, पालातामा धिरबहादुर बम, पचालझरना गाउँपालिकामा प्रजापति संज्याल, सानीत्रिवेणीमा वीरेन्द्र केसी, महाबैमा पुराधी अधिकारी र शुभकालिकामा दीर्घबहादुर शाही सभापति चयन भएका छन् ।

त्यस्तै रास्कोट नगरपालिकामा वीर फर्साल र नरहरिनाथ गाउँपालिकामा रामबहादुर बटाला सभापतिमा चएन भएको सभापति बमले बताए ।

कालीकोटमा रामचन्द्र पौडेल पक्षको नेतृत्व वर्तमान सभापति हर्ष बम र युवा नेता भूपेन्द्रजंग शाहीले गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षको नेतृत्व भने पूर्व जिल्ला सभापति कालीबहादुर सहकारीले गर्दै आएका छन् ।



from समाचार – Online Khabar https://ift.tt/2Y6ED8b

Post a Comment

0 Comments