गैंडाको खागसहित गौशालाबाट एक जना पक्राउ

८ असोज, काठमाडौं । गैंडाको खागसहित प्रहरीले काठमाडौंको गौशालाबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले संरक्षित वन्यजन्तु गैंडाको खागसहित ललितपुर महानगरपालिका–६ लगनखेल बस्ने ३० वर्षीय निकेश बस्नेतलाई बिहीबार पक्राउ गरेको हो ।

गौशालाको तिलगंगा क्षेत्रमा गैंडाको खाग तथा आखेटोपहारको अवैध ओसारपसार र बेचबिखन गर्न लागेको सूचनाको आधारमा उनलाई ४५ ग्रामको खागसहित नियन्त्रणमा लिएको ब्युरोले जनाएको छ ।

पक्राउ परेका बस्नेतलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय, हात्तीसारमा बुझाइएको ब्युरोले जनाएको छ ।



from समाचार – Online Khabar https://ift.tt/2XSIeXm

Post a Comment

0 Comments