गुल्मीमा ३ वर्षकी बालिक मृत भेटिइन्

२७ भदौ, गुल्मी । गुल्मीमा तीन वर्षकी बालिक मृत भेटिएकी छिन् । जिल्लाको मदाने गाउँपालिका वडानम्बर-२ भेडिखोर निवासी तीन वर्षकी आयुशा पोखरेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रदास पाण्डेले बताए।

बालिका शनिबार बिहान ११ बजे घरबाट खेल्ने क्रममा हराएकी थिइन् । उनलाई आइतबार बिहान प्रहरी र स्थानीयले खोज्ने क्रममा घरदेखि ५०० मिटर पर खोल्सामा मृत फेला पारिएको डीएसपी पाण्डेले बताए।

घटनास्थल तर्फ इलाका प्रहरी कार्यालय पुर्कोट दहबाट प्रहरी निरीक्षकको टोली खटिएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



from समाचार – Online Khabar https://ift.tt/3hpUuoW

Post a Comment

0 Comments