मनोहरा खोलामा महिलाले यसरी मनाए ऋषि पञ्चमी (फोटो फिचर)

२६ भदौ, काठमाडौं । हरितालिका तीजको अन्तिम दिन आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै छ ।

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमीमा अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने र स्नान गर्ने चलन छ ।

आज बिहानै हिन्दु महिलाहरु कागेश्वरी मनोहरा खोला पुगेर स्नान तथा पूजा आराधना गरेका छन् ।

सप्तऋषिको पूजा गरेमा रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटि भएको भए त्यसबाट मुक्ति पाइने हिन्दु धर्मावलम्बीको विश्वास छ ।

यही विश्वासका साथ महिलाहरुले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया वा पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् ।



from समाचार – Online Khabar https://ift.tt/3lbBcEZ

Post a Comment

0 Comments