झण्डै पाँच महीनापछि तम्घास बजारमा बढ्यो चहलपहल

२३ भदौ, गुल्मी । कोरोना महामारीका कारण बन्द र सुनसान बनेको तम्घास बजारमा बिस्तारै चहलपहल सुरु भएको छ ।

जिल्ला प्रशासनले बजार खोल्न दिने निर्णय गरेपछि यहाँका बजार पसलमा बिस्तारै चहलपहल बढन थालेको हो ।

बजारमा चहलपहल बढेपछि नजिकै आएको हिन्दु महिलाहरुको महान पर्व तिजका लागि किनमेल गर्नेहरुको भिड लागेको छ ।

खास गरी तीज पर्व मनाउन कपडा पसल तथा खद्यान्‍न पसलहरुमा चहलपहल बढी देखिन्छ । झण्डै ५ महीनासम्म सुनसान जस्तै बनेको तम्घास बजार निषेधाज्ञा खुकुलो बनाइएका कारण जिल्लाका ग्रामीण बस्तीबाट किनमेलका लागि आएका छन् ।

निषेधाज्ञा खुले पनि कोरोना संक्रमणको त्रासले चाडबाडको समयमा व्यापार नभएको व्यवसायी रबिना खातुनले बताइन्। गत वर्ष जस्तो व्यपार नभएको र कोरोनाका कारण वर्षेनी व्यापार घट्दै गएको उनको भनाइ छ ।



from समाचार – Online Khabar https://ift.tt/3zTgZtL

Post a Comment

0 Comments