२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले काठमाडौं महानगरपालिका वडा नम्बर ३० का वडासदस्य निरज सत्यालको उपचारका लागि साढे ६ लाख रुपैयाँभन्दा बढी रकम हस्तान्तरण गरेका छन् ।
क्यान्सरबाट पीडित सत्यालको उपचारका लागि संकलित ६ लाख ६४ हजार ६ सय ५८ रुपैयाँको चेक कांग्रेस नेताहरु प्रकाशमान सिंह, गगन थापा र काठमाडौं कांग्रेसका सभापति सबुज बानियाँले बिहीबार हस्तान्तरण गरेका हुन् ।
सो रकम अमेरिका निवासी कांग्रेस महासमिति सदस्य हरिबोल भण्डारीको पहलमा संकलन गरिएको थियो ।
from समाचार – Online Khabar https://ift.tt/3E0akA9
0 Comments
if you have any doubts, please let us know.