१३ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक आइतबार बसेको छ । संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक जारी रहेको छ । भदौ ९ गते निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएको नेकपा एकीकृत समाजवादीको पहिलो पटक संसदीय दलको बैठक बसेको हो ।
बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक चयन गर्नेछ । एकीकृत समाजवादीमा प्रतिनिधिसभामा २३ र राष्ट्रियसभामा सात जना सांसद छन् ।
तर दल दर्ताका बेला सनाखत गर्न नपाएका प्रतिनिधिसभा सदस्यहरु सोमप्रसाद पाण्डे, तुलसा थापा र माया ज्ञवाली अनि राष्ट्रियसभाका शारदादेवी भट्ट पनि आफूसँगै रहेको एकीकृत समाजवादीका नेताहरुले दावी गरेका छन् ।
यो पनि पढ्नुहोस माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पायो मान्यताfrom समाचार – Online Khabar https://ift.tt/2WyxtZK
0 Comments
if you have any doubts, please let us know.