२९ साउन, काठमाडौं । आफू थुनाबाट छुट्न पाउनुपर्ने भन्दै कांग्रेस पूर्वमन्त्री मोहम्बद आफ्ताव आलमले दिएको निवेदनमा शुक्रबार सुनुवाइ नहुने भएको छ ।
उनको निवेदन न्यायाधीशद्वय प्रकाशमानसिंह राउन र कुमार चुडालको इजलासमा परेको थियो । तर हेर्न नमिल्नेमा परेको छ ।
२७ चैत २०६४ मा रौतहटमा बम विस्फोट गराएको र त्यसबाट व्यक्ति हत्या गरेको आरोप लागेर आलम थुनामा छन् । उनलाई थुन्नुपर्ने भनी जिल्ला अदालत रौटहटले दिएको आदेश उच्च अदालतले पनि सदर गरेको थियो ।
त्यही आदेश विरुद्ध आलम सर्वोच्च अदालत पुगेका हुन् ।
from समाचार – Online Khabar https://ift.tt/3xJjCMO
0 Comments
if you have any doubts, please let us know.