३० साउन, काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको बैठक महाराजगञ्जस्थित डा. शशांक कोइरालाको निवासमा बसेको छ ।
शनिबार दिउँसो पार्टीको केन्द्रीय समिति बैठक बस्नुअघि पौडेल पक्षका नेताहरु धारणा बनाउन छुट्टै छलफलमा जुटेका हुन् ।
बिहीबार शुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा नेता महाधिवेशनको कार्यतालिकाबारे छलफल भइरहेको छ । यसअघि तोकेको भदौ १९–२३ भित्र महाधिवेशन गर्न सम्भव नहुने देखिएपछि कांग्रेसमा अब महाधिवेशनको मिति कहिले तोक्ने भन्ने विवाद छ ।
महामन्त्री कोइरालाको निवासमा बसेको बैठकमा वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायत सहभगी छन् ।
from समाचार – Online Khabar https://ift.tt/3jVNYH2
0 Comments
if you have any doubts, please let us know.