पहिरोले पुरिएर अर्घाखाँचीमा मजदुरको मृत्यु

३० साउन, बुटवल । निर्माणाधीन घरमा पहिरो खस्दा अर्घाखाँचीमा एक जनाको मृत्यु भएको छ ।

अर्घाखाँचीको पाणिनी गाउँपालिका-६ लामडाँडाका ४३ वर्षीय मनबहादुर सुनारको पहिरोले पुरिएर मृत्यु भएको हो ।

पाणिनी-५ का मेघराज घिमिरेको निर्माणाधीन घरमा प्लास्टरको काम गरिरहेका बेला शुक्रबार साँझ माथिबाट आएको पहिरोले घरमै पुरिंदा सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षण गणेश खनालले बताए ।

पहिरो पन्छाएर सुनारको शव निकाली पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको खनालले बताए ।



from समाचार – Online Khabar https://ift.tt/37F0GUT

Post a Comment

0 Comments