३० साउन, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाको भवन निर्माण सकिएको छ । चारतले भवनमा २ सय सिट क्षमताको सभाहलसहित २४ वटा कोठा छन् ।
साविक तम्घास गाविस हुँदैमा एक करोड रुपैयाँ लागतमा निर्माण शुरु भएको सो भवन सम्पन्न गर्ने बेलासम्म ६ पटक टेण्डर गर्नुपरेको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए ।
भवनको कुल लागत ५ करोड ४६ लाख रुपैयाँ रहेको मरासिनीले जानकारी दिए । उनले अब भवन उद्घाटन भएसँगै भाडाको भवनमा रहेका सामान लगायत खाताहरु सार्ने काम सुरु गरिएको बताए ।
अब नागरिकलाई सेवा सुविधा दिन सजिलो हुने रेसुंगा नगरपालिकाका नगर प्रमुख डिल्लीराज भुसाले बताए । निर्माण व्यवसायीले काम ढिला गरेको कारण भवन समयमै बन्न सकेको थिएन ।
from समाचार – Online Khabar https://ift.tt/2VTbQm2
0 Comments
if you have any doubts, please let us know.