२३ असार, गुल्मी । गुल्मीमा असार ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । कोरोना संक्रमण दर बढ्दै जान थालेपछि जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले असार ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमणको दर घटेसँगै खुकुलो बनाएर गरिएको निषेधाज्ञालाई पुनः कडाइ गर्ने गरी निषेधाज्ञाको समय थप गरिएको छ । खाद्यवस्तु बेच्ने पसलहरु दैनिक ७ घण्टा मात्रै खोल्न पाइने भएको छ ।
निषेधाज्ञाका अवधिमा अत्यावश्यक उपभोग्य खाद्य बस्तु बेच्ने पसल, दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा निर्माण सामग्रीका पसलहरु, एग्रोभेट, बिहान ७ देखि १ बजेसम्म खुलाउन पाइने भएको भएको हो । यस्तै बैंक तथा वित्तीय संस्था, सहकारी, बिमा कम्पनीहरु दिउँसो ३ बजेसम्म सञ्चालन गर्न पाउने भएका छन् ।
खाद्यवस्तु बेच्ने पसलहरु र बैंक तथा वित्तीय संस्था खोलिँदै आएकोमा थप फेन्सी पसल, इलेक्ट्रोनिक पसल, टेरलिङ, सुनचाँदी पसल, स्टेशनरी तथा पुस्तक पसल खोल्न पाइने भएको छ ।
निषेधाज्ञामा खाद्यान्न, तरकारी, फलफूल, दूध, पानी, औषधि, बोक्ने मालवाहक गाडी र एम्बुलेन्स बाहेक मोटरसाइकलसहित अन्य सम्पूर्ण सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइएको छ ।
जिल्लामा संचालित सैलुन, ब्युटिपार्लरहरु, सार्वजनिक यातायात भने संचालनमा पूर्ण रुपमा रोक लगाइएको छ । अस्पताल, औषधि पसल २४ सौं घण्टा खुला रहनेछन् ।
तोकिएका क्षेत्र बाहेक अन्य सम्पूण क्षेत्र बन्द रहने निर्णय भएको छ । कोरोना संक्रमणको दोस्रो लहर नियन्त्रणमा आइनसकेकाले त्यसको सर्तकता स्वरुपमा जिल्लामा निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।
निषेधाज्ञाको अवधिमा अत्याबश्यक काम बाहेक नागरिकहरु घरबाहिर ननिस्कन आग्रह गरिएको छ । जिल्लामा कोभिडको दोस्रो लहरबाट ५३१ जना सक्रिय संक्रमितको संख्या रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
कोरोना संक्रमणका कारण जिल्लामा ९१ जनाको मृत्यु भइसकेको छ ।
from समाचार – Online Khabar https://ift.tt/2UtJzSo
0 Comments
if you have any doubts, please let us know.