११ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने श्रमिक र विद्यार्थीका लागि कोभिड–१९ विरुद्धको खोप लगाउन काठमाडौं उपत्यकामा दुई वटा खोप केन्द्र तोकेको छ ।
मन्त्रालयले काठमाडौं उपत्यकाको खोप केन्द्रबारे सूचना जारी गर्दै काठमाडौं उपत्यकाको हकमा नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर उनीहरुले खाप लगाउन सकिने जानकारी गराएको हो ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार विदेश जाने श्रमिक र विद्यार्थीले उक्त खोप केन्द्रमा गएर भेरोसेलको खोप लगाउन पाउने छन् । खोप लगाउन जाँदा पासपोर्ट र भिसा अनिवार्य देखाउनुपर्ने मन्त्रालयको जनाएको छ ।
सरकारले काठमाडौंको सामाखुसीस्थित राधास्वामी आइसोलेसन सेन्टरलाई स्थायी खोप केन्द्रको रुपमा स्थापना गरेको छ ।
उक्त खोप केन्द्रमा स्वास्थ्य कार्यालयले विभिन्न समयमा तोकेको लक्षित समूहले खोप लगाउन सक्नेछन् ।
from समाचार – Online Khabar https://ift.tt/2UI1SUG
0 Comments
if you have any doubts, please let us know.