२२ असार, काठमाडौं । साविक विजेता ब्राजिल घरेलु मैदानमा भइरहेको ४७औं संस्करणको कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान भएको पहिलो सेमिफाइनलमा पेरुलाई १-० ले पराजित गर्दै ब्राजिल उपाधि नजिक पुगेको हो ।
निल्टन सान्तोस मैदानमा भएको खेलमा ब्राजिलका लागि लुकास पाक्वेटाले पहिलो हाफमा गोल गरे ।
उनले ३४औं मिनेटमा नेमारको पासमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यही गोल नै ब्राजिललाई फाइनल पुर्याउन निर्णायक बन्यो ।
समूह चरणमा भेट हुँदा ब्राजिलले पेरुलाई ४-० ले पराजित गरेको थियो ।
सन् २०१९ मा ब्राजिलमै भएको पछिल्लो संस्करणमा ब्राजिलले पेरुलाई नै हराएर उपाधि जितेको थियो ।
ब्राजिलले अब यस पटक उपाधिका लागि अर्जेन्टिना र कोलम्बियाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
९ पटक उपाधि जितेको ब्राजिलले यसअघि घरेलु मैदानमा आयोजना भएको ५ वटै कोपा अमेरिकाको उपाधि जितेको छ ।
from समाचार – Online Khabar https://ift.tt/2UsS14h
0 Comments
if you have any doubts, please let us know.