९ साउन, धनगढी । पहिरोका कारण सुदूरपश्चिमका सात वटा पहाडी जिल्ला जोड्ने भीमदत्तपन्त राजमार्ग अवरुद्धभएको छ ।
शनिबार बिहान करीब ९ बजेतिर डडेल्धुराको आलीताल गाउँपालिका-१ को कटानमा सडक माथिबाट आएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुुख प्रहरी नायब उपरीक्षक (डीएसपी) महेन्द्र नेपालले पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि गन्तव्यका लागि छुुटेका सवारीसाधन कटालमै रोकिएको बताए ।
पहिरो पन्छयाउन डोजरको प्रयोग गरिएको भए पनि माथिबाट आउने क्रम नरोकिएपछि समस्या भएको उनले बताए । यसअघि बिहीबार पनि भीमदत्तपन्त राजमार्ग अन्तरगत आलीताल गाउँपालिका-१ मै पहिरो गएको थियो । डोजर प्रयोग गरेर स्थानीय प्रशासनले राजमार्ग खुुलाएको थियो ।
from समाचार – Online Khabar https://ift.tt/3hZHV4g
0 Comments
if you have any doubts, please let us know.