२० असार, रौतहट । वनक्षेत्रबाट शनिबार रौतहटका बस्तीमा पसेको जंगली हात्ती भारतीय क्षेत्रमा पसेको छ ।
शनिबार दिनभर वन कार्यालय, निकुन्ज र सुरक्षाकर्मीको टोलीले हात्तीलाई नियन्त्रणमा लिने प्रयास गरे पनि सफल भएनन् ।
बारा जिल्लाबाट रौतहटको देवाही गोनाही नगरपालिकाको उत्तरी क्षेत्र हुँदै बस्तीमा पसेको हात्ती शिवनगर, मिठुअवा, जेठरहिया, पचरुखी हुँदै अन्तिम पटक शनिबार राति राजदेवी नगरपालिकाको बेलबिछवामा देखिएको थियो ।
अहिले भने लक्ष्मीपुर बेलबिछवा हुँदै हात्ती भारतीय क्षेत्रमा पसेको प्रमुख जिल्ला अधिकारी ईन्द्र देव यादवले बताए ।
हात्ती भारतको बिहार सितामढी जिल्लाको मसहातर्फ गएको सो हात्ती जोडियाही भन्ने स्थानमा रहेको जानकारी प्राप्त भएको उनले बताए ।
जंगली हात्तीले शिवनगरको एक घरमा क्षति पुर्याएको थियो भने मिठुअवामा किसानको भकारी फुटाएर धान खाएको थियो ।
शुक्रवार सो हात्तीले बाराको कलैया उपमहानगरपालिका-२ का एक किसानको ज्यानसमेत लिएको छ ।
from समाचार – Online Khabar https://ift.tt/36dOwRW
0 Comments
if you have any doubts, please let us know.