२० असार, काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अझै खुकुलो बनाउँदै थप एक साता लम्बाउने तयारी गरिएको छ । यसपटक माइक्रो बस र टेम्पो सन्चालनबारे पनि निर्णय गर्ने तयारी छ ।
निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्ने तयारी छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सकेसम्म आजै अपराह्न, नभए भोलि बिहान बैठक बस्ने तयारी भइरहेको बताए । उनका अनुसार यसपटक माइक्रो बस र टेम्पोबारे निर्णय हुने छ ।
अघिल्लो साताको बैठकले २५ भन्दा बढी सिटका सार्वजनिक सवारी साधनहरु जोर-बिजोरको आधारमा सन्चालन गर्न दिने निर्णय गरेको थियो ।
कोरोना संक्रमण फैलिन नदिने उद्देश्यले गत वैशाख १६ देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ । संक्रमण दर घट्दै गएको निष्कर्षसहित हाल निषेधाज्ञालाई खुकुलो बनाउँदै लगिएको छ।
यो पनि पढ्नुहोस टेम्पु चालकको पीडा : चुलै बल्न मुश्किलfrom समाचार – Online Khabar https://ift.tt/3jCOjjn
0 Comments
if you have any doubts, please let us know.