छलफलमा जुटे विमलेन्द्र, शशांक र प्रकाशमान

११ असार, काठमाडौं । कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच छलफल भइरहेको छ ।

आगामी १४ औं महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध गठबन्धन बनाउने तयारीमा रहेका कांग्रेसका यी नेताहरु शशांक निवास महाराजगञ्जमा छलफलमा जुटेका हुन् ।

यसअघि पनि उनीहरुले बानेश्वरस्थित निधि निवासमा छलफल गरेका थिए ।

निधिले आगामी भदौमा हुने पार्टीको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् । सोही तयारी अनुसार उनले नेताहरुसँगको छलफललाई तीव्रता दिएका छन् ।

यो पनि पढ्नुहोस सभापतिमा देउवालाई निधिको चुनौती यो पनि पढ्नुहोस देउवा रणनीति : निधिलाई नफकाउने, शशांक र सिटौलातिर नजर

from समाचार – Online Khabar https://ift.tt/3zWl9RV

Post a Comment

0 Comments