मेलम्चीको कटान जारी, ढल्यो ३ तले घर

१२ असार, काठमाडौं । मेलम्ची नदीको मुहान क्षेत्रमा पहिरोले थुनिएर फुटेपछि आएको बाढीले १२ दिनसम्म पनि कटान जारी राखेको छ ।

यही असार १ गते मेलम्ची र हेलम्बुमा तहसनहस बनाएको बाढीले शनिबार बिहान पनि कटान गरी थप एउटा घर ढालेको छ ।

आज बिहान मेलम्ची नगरपालिका-११ मा रहेको  गोपाल दुलालको साढे ३ तलाको घर ढालेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाले जानकारी दिए ।

घर ढले पनि मानवीय क्षति भने नभएको डीएसपी सापकोटाले बताए ।

प्रहरीको तथ्याङ्क अनुसार १ गते आएको बाढीले मेलम्ची र हेलम्बुमा ५ जनाको मृत्यु भएको छ भने २० जना अझै बेपत्ता छन् ।



from समाचार – Online Khabar https://ift.tt/3zYy99J

Post a Comment

0 Comments