१३ असार, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा रिट निवेदकतर्फका कानून व्यवसायीको बहस आज सकिँदैछ ।
संवैधानिक इजलासले निवेदकतर्फका कानून व्यवसायीका लागि बहस गर्न तोकेको १२ घण्टामध्ये अब दुई घण्टा ३५ मिनेट बाँकी छ ।
निवेदकतर्फका कानुन व्यवसायीले प्रत्युत्तर बहसका लागि भने थप ३ घण्टा समय पाउनेछन् ।
निवेदकतर्फका कानुन व्यवसायीको बहस सकिएपछि सरकार पक्षका कानून व्यवसायी र सरकारी वकिलले बहस गर्नेछन् ।
सरकार पक्षका कानुन व्यवसायीलाई बहसका लागि संवैधानिक इजलासले १५ घण्टा समय तोकेको छ ।
from समाचार – Online Khabar https://ift.tt/3A0c1vz
0 Comments
if you have any doubts, please let us know.