१३ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले गुप्तचर एजेन्सीहरुलाई कोरोना भाइरसको उत्पत्तिबारे अध्ययन गरेर ९० दिनभित्र रिपोर्ट बुझाउन निर्देशन दिएका छन् । एक विज्ञप्ति जारी गर्दै बाइडनले कोरोना भाइरसको उत्पत्तिको विषयमा आफ्नो प्रयास बढाउन आग्रह गरेका हुन् ।
कोरोना भाइरसको पहिलो संक्रमित सन् २०१९ को डिसेम्बरमा चीनको हुबेईस्थित वुहान सहरमा फेला परेका थिए । त्यसयता अहिलेसम्म विश्वभर यो भाइरसको कारण १६ करोड ८० लाखभन्दा धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । साथै कोरोना संक्रमणको कारण विश्वभर ३५ लाख मानिसको मृत्यु पनि भइसकेको छ ।
चिनियाँ अधिकारीहरुले सबैभन्दा पहिला यो संक्रमणको सम्बन्ध वुहानमा रहेको समुद्री खानाको बजारसँग रहेको बताएका थिए । वैज्ञानिकहरुले यो भाइरस जनावरबाट मानिसमा सरेको हुन सक्ने बताएका छन् ।
यद्यपि केही समयअघि अमेरिकी सञ्चारमाध्यमममा कोरोना भाइरस चीनको प्रयोगशालाबाट फैलिएको हुन सक्ने समाचार प्रकाशित भएको थियो । चीनले यो समाचारको खण्डन गर्दै यो भाइरस अमेरिकाकै प्रयोगशालाबाट आएको हुन सक्ने बताएको थियो ।
एजेन्सीहरुको सहयोगमा
from समाचार – Online Khabar https://ift.tt/3i18NkT
0 Comments
if you have any doubts, please let us know.